काठमाडौं । सहकारीमा सर्वसाधारणले बचत गरेको करोडौँ रुपैयाँ हिनामिना गरेर कारबाहीबाट जोगिन राजनीतिक दलमा सक्रिय बनेका दुई जना जेल चलान भएका छन् ।
नेकपा एमालेका स्थानीय नेताद्वय किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली जेल चलान भएका हुन् । उनीहरुले देउखुरी बचत तथा ऋण सहकारी संस्थाको पाँच करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेका थिए । गत आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग जनही ५० लाख रुपैयाँ धरौटी मागेको थियो तर उनीहरुले उक्त धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि जेल चलान भएका छन् ।
सहकारीबाट पाँँच करोडभन्दा बढी हिनामिना गरेपछि त्यसलाई पचाउन उनीहरुले नेकपा एमालेको सक्रिय राजनीतिमा होमिएका थिए ।