काठमाडौं, माघ २३
बैंकरहरुले धितोको आधारमा नभई आयोजनाको आधारमा कर्जा प्रवाह गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकलाई सुुझाव दिएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा बैंकरहरुले यस्तो सुझाव दिएका हुुन् । बैंकरहरुले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था कायम राखे पनि कृषिमा १० प्रतिशत र ऊर्जा र पयर्टन क्षेत्रमा १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्थालाई समयसापेक्ष संशोधन गर्न सुुझाव दिएका छन् । कार्यक्रममा बैंकहरुले राष्ट्र बैंकको नीतिकै कारण मर्जमा जान कठिन भएको धारणा व्यक्त गरेका थिए । पछिल्लो समय बैंकहरुको व्यवस्थापन खर्च उच्चरुपमा बढेको अवस्थामा वर्तमान स्प्रेड दरले बैंकहरुको नाफामा निकै ठूलो असर पार्ने भन्दै स्प्रेडदरको गणना विधिलाई संशोधन गर्न बैंकहरुले सुझाव दिएका थिए ।