दोलखा । जिल्लाको शैलुङ गाउँपालिकाले १४ किलोको मुला फलाउले एक कृषकलाई सम्मान गरेको छ । शैलुङ गाउँपालिका वडा नं १ दुधपोखरी, ठेकलाघ्युका कृषक पदमबहादुर घिसिङले १४ किलोको मुला फलाएका थिए ।
गाउँपालिकाले कृषकको सम्मान स्वरूप नगद सात हजार रुपैयाँ प्रदान गरेको गाउँपालिका अध्यक्ष भरत दुलालले बताए । गाउँपालिका अध्यक्ष दुलालले कृषक तामाङलाई पालिकामै बोलाएर सम्मान गरेका हुन् । कृषक तामाङ शैलुङ गाउँपालिकाका चर्चित आलुकृषक हुन् । कृषि उत्पादन गरी काठमाडौँन्मा सप्लाइ, तरकारी फलफूलको होलसेल र खुद्रा व्यापार गर्दै आएका तामाङले गत भदौमा बारीमा मुलाखेती लगाएका थिए ।
भदौमा लगाएको मुला पाँच महिनामा १४ केजी तौल भएको कृषक तामाङले बताए । कृषक तामाङले फलाएको उक्त मुलाको चौतर्फी चर्चा भएको गाउँपालिका अध्यक्ष दुलालले बताए । उनले आलुबारीमा तालान्के जातको मुला लगाएका थिए ।