काठमाडौं । कृषि विकास बैंकले आफ्नो विभिन्न सेवामा छुट दिने घोषणा गरेको छ । बैंकले आफ्नो ५५औँ वार्षिकोत्सवको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरूमा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार यही माघ सात गतेदेखि फागुन ७ गतेसम्म बैंकमा खाता भएका तर हालसम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिटकार्ड, डिम्याट, सि–आश्वा, मेरो सेयर र लकर सेवा नलिएका साथै २०७८ माघ ७ गतेदेखि फागुन ७ गतेसम्म नयाँ खाता खोली उल्लिखित सेवा लिने ग्राहकहरूलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिइनेछ ।
यसैगरी चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरूलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । सो अवधिमा बैंकले उपलब्ध गराएको अवसरको सदुपयोग गर्न सम्पूर्ण ग्राहकहरूमा बैंकले अनुरोध समेत गरेको छ ।