काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेलस्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ ।

बैंकका अनुसार यो समेत गरी बैंकको शाखा कार्यालयहरूको संख्या दुई सय ५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ५८ वटा शाखा कार्यालय, दुई सय ४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।