काठमाडौं । एजुकेसन सेन्टर अफ अष्ट्रेलिया (ईसीए) को साझेदारी सम्मेलन सम्पन्न भएको छ । लामो समयदेखि एजुकेसन सेन्टर अफ अष्ट्रेलियाका विभिन्न असोसिएटेड युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरुमा विद्यार्थीहरु पठाउँदै आएका सहकार्य गर्दै आएका सदस्यहरुलाई एकै स्थानमा राखी सेमि–भर्चुअल मोडालिटीमा उक्त सम्मेलन सम्पन्न गरिएको हो ।
काठमाडौंको याक एण्ड यति होटलमा आयोजना गरिएको साझेदारी सम्मेलनमा सिड्नीबाट भर्चुअली जोडिँदै गरेका विभिन्न ईसीए पदाधिकारीहरुको र काठमाडौंमा उपस्थित ईसीए परिवार र सदस्यहरुलाई संयुक्तरुपमा एजुकेसन सेन्टर अफ अष्ट्रेलिया ईसीएका कन्ट्री मेनेजर हर्मित जिलले स्वागतमन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ईसीएका सहायक निर्देशक सेल्स रोड्रिगो ज्युमएरियाजले ईसीएले उत्कृष्ट युनिभर्सिटीको छनौट गरी राम्रो शिक्षा दिन सफल रहेको बताए । उनले कार्यक्रममा ईसीएअन्तर्गतका भिक्टोरिया युनिभर्सिटी, स्वेन्बर्न युनिभर्सिटी अफ टेक्नोलोजी, चाल्र्स स्टट युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, लण्डन मेट्रोपोलिटान युनिभर्सिटी र ईसीए समूहअन्तर्गतका एसिया प्यासिफिक इन्टरनेसनल कलेज, ईएलएसआईएस इङ्लिस ल्यांग्वेज स्कुल, ईसीए ग्य्राजुएट इन्स्टिच्युट, ईसीए कलेज, ईसीए प्रोफेसनल यर, अष्ट्रेलियन कलेज अफ केयर लिडरसिप एण्ड मेनेजमेन्ट, ईसीए इन्टर्नसिप, हायर एजुकेसन लिडरसिप इन्स्टिच्युटलगायतका शैक्षिक संस्थाले प्रदान गर्ने कोर्स, शुल्क र सेवा सुविधाबारे विस्तृत जानकारी गराएका थिए ।
ईसीएकी डाइरेक्टर अफ एड्मिसन्स ली केण्डी डेभिड्सनले भर्ना प्रक्रियाबारे जानकारी गराइन् । त्यसैगरी ईसीए ग्रुपका सीईओ रूपेश सिंहले सेल्स मार्केटिङ स्ट्राटेजी अफ न्यु प्रडक्टबारे जानकारी गराउँदै सहभागीहरुको प्रतिक्रिया लिएका थिए । प्रतिक्रियाका आधारमा ईसीएले आफ्नो बजारीकरण रणनीति अगाडि बढाउने उनको भनाइ थियो ।
ईसीएका नेपाल प्रबन्धक हर्मित जिलले अर्को वर्षको सदस्य भेट कार्यक्रम कम्बोडिया हुने जानकारी गराए । उनले कम्बोडियामा हुने कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरे । सेमि–भर्चुअल कार्यक्रम निकै प्रभावकारी भएको सहभागीहरुले प्रतिक्रिया दिएका थिए । त्यसैगरी ईसीएको सफलतामा ईसीएका सदस्यहरुकै योगदान रहेको र भविष्यमा पनि सदस्यहरुबाट सोहीअनुरुपको योगदानको आशा रहेको राजेश सिंहले जानकारी गराए । उत्कृष्ट सहकार्य सदस्यहरुलाई सिल्भर, गोल्ड र प्लाटिनमको रुपमा वर्गीकरण गरी सम्मान तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।