काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस सुरु गरेको छ । कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूलाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस सुरु गरेको जानकारी दिएको छ ।
कम्पनीका अनुसार यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरूले वार्षिक शुल्कबापत वर्ष २०२२ को लागि केवल दुई हजार २२ रुपैैयाँ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ । नन डि सक्क्रेसनरी प्रकतिको यो लगानी व्यवस्थापन सेवा लिएबापत लगानीकर्ताहरूले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन । यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एनलाइसिस तथा गहन विश्लेषण, रिर्सचको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिस गरिनेछ र लगानीकर्ताले दिएको आदेशअनुसार खरिद वा बिक्री गरिने काम गरिन्छ । व्यवस्थापन गरेबापत लगानी गरिएको रकममा भएको फाइदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिइनेछैन भने लगानी गरिएको रकमबाहेक नाफा भएको रकम जुनसुकै बेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ ।
यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफूसँग भएको नगद रकम वा सेयरको मूल्यांकन गराई प्रवेश गर्न सकिनेछ र यो सेवासम्बन्धी अन्य जानकारीको लागि कम्पनीको आधिकारिक इमेल तथा फोनमार्फत सम्पर्क गर्न सकिनेछ । विगतका दिनहरूमा कम्पनीबाट सञ्चालन गरिएको विभिन्न स्किमहरूबाट पूर्ण फाइदा लिएका लगानीकर्ताहरू तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताहरूले सीमित अवधि अर्थात् जनवरी २०२२ महिनाभरिको लागि मात्र यो सुविधा दिइने भएकोले यसबाट पनि पूर्ण फाइदा लिन कम्पनीले कम्पनीले आग्रह गरेको छ ।