काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औँ वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरूमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा एक सय १२ जनाले रक्तदान गरेका छन् ।
त्यस्तै बैंकको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरमा भएको रक्तदान कार्यक्रममा ५१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ५७ जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगञ्जमा भएको रक्तदान कार्यक्रममा २९ जना गरी कुल दुई सय ४९ जनाले रक्तदान गरेका हुन् ।