काठमाडौं । कोरोना संक्रमित बढेपछि सरकारले सार्वजनिक यातायातमा केही कडाइ गर्ने भएको छ । सोही सिलसिलामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज शुक्रबार रातिदेखि यातायातमा जोरविजोर प्रणाली लागू गर्ने भएको छ ।

काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारीसाधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरेको हो ।