काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ८१ करोड ३३ लाख २९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ५८ अर्ब ९३ करोड नौ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५४ अर्ब ३९ करोड ४२ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ७६ करोड ४२ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ८८ करोड ९६ लाख १२ हजार पाँच सय ३१ रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने शून्य दशमलव ७८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ५४ अर्ब १३ करोड ९५ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ३८ करोड ३७ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ९१ करोड ५० लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २७ प्रतिशत रहेको थियो ।