काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक १० दसमलव ८३ अंकले ओरालो लागेर २९ सय २० दसमलव ५१ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव शुन्य छ अंकले उकालो लागेर पाँच सय ४३ दसमलव ८० बिन्दुमा चढेको छ ।
आज १३ वटा उपसमुह अन्तर्गत ८७ हजार चार सय ७८ पटक शेयर किनबेच भएका छन् । जसबाट एक करोड ४७ लाख चार हजार दुई सय ७७ कित्ता शेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब तीन करोड पाँच लाख आठ हजार दुई सय ६३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने पाँच वटा उपसमुहरुको सुचक उकालो लागेका छन् ।