काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुला भएको छ । बैंकले पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी २० करोड रुपैयाँमध्येबाट एक बराबर एक दशमलव १५ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० लाख कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
अधिकृत पुँजी ६४ करोड तथा जारी पुँजी ५० करोड रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्समार्फत यही माघ ७ गतेबाट खुला भएको हकप्रद सेयरको बिक्रीकार्य यही माघ १७ गते बन्द हुनेछ ।