काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सात प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको दुई सय ७३औँ बैठकले कम्पनीको कायम कायम रहेको चुक्ता पुँजी एक अर्ब १० करोड तीन लाख ३६ हजार सात सय रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार घोषित लाभांशमध्येमा छ दशमलव ६५ प्रतिशत अर्थात् सात करोड ३१ लाख ७२ हजार चार सय रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३५ प्रतिशत अर्थात् ३८ लाख ५१ हजार एक सय ७९ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी २८औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।