काठमाडौ । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन पाँच दसमलव ६९ अंकले ओरालो लागेको शेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार पुन ३८ दसमलव ४२ अंकले ओरालो लागेर २७ सय ७६ दसमलव ६५ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव छ अंकले ओरालो लागेर पाँच सय १८ दसमलव ३४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३३ वटा कम्पनीहरुको शेयर किनबेच भएका छन् । जसबाट ६१ हजार चार पटकको कारोवारमा ९३ लाख ५८ हजार सात सय कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोवार रकम चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार परिसुचक पुरै रातो भएको छ ।