काठमाडौं । काठमाडौं कपन तेन्जिङ्गचोकमा रहेको ल्याटिन एबीएसको ब्रान्ड एम्बेसडरमा युट्युब भ्लगर राजकुमार थापा मगर नियुक्त भएका छन् । मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा ल्याटिन एबीएसका संस्थापक तथा प्रबन्धक विकल्प चौलागाईं र थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको ल्याटिन एबीएसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताअनुसार थापाले ल्याटिन एबीएसको प्रचारप्रसार गर्नेछन् । ल्याटिनसँगको आफ्नो आबद्धताबारे बोल्दै थापाले कम्पनीको राम्रो नियम र विश्वसनीयताका कारण ब्रान्ड एम्बेसरको रुपमा आबद्ध भएको बताए । बढ्दो महङ्गीको वर्तमान परिपे्रक्ष्यमा सुपथ र सस्तो मूल्यमा आफ्नो ग्राहकलाई सेवा दिँदै आएको छ ।