काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ३८ दसमलव ४२ अंकले ओरालो लागेको शेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार भने तीन दसमलव ३३ अंकले उकालो लागेर २७ सय ७९ दसमलव ९८ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ३८ अंकले उकालो लागेर पाँच सय १८ दसमलव ७२ बिन्दुमा चढेको छ । आज कुल दुई सय २४ वटा कम्पनीहरुको ५० हजार नौ सय ६५ पटक शेयर कारोवार भएको छ । जसबाट ६६ लाख ७५ हजार दुई सय ३१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोवार रकम तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार छ सय ८४ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये छ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।