काठमाडौँ । नेपाल आयल निगमले मंगलबार रातिदेखि पेट्रोलिय पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर १४२ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । निगमले आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १० ले वृद्धि गरी प्रतिलिटर एक सय १६ पु¥याएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पु¥याइएको छ । पेट्रोलियम पदार्थको मृल्यवृद्धि भएपछि सरकारको चौतर्फी आलोचना सुरु भएको छ ।