काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा निःशुल्क स्वास्थ्यशिविर तथा औषधि, मास्क वितरण कार्यक्रम हुने भएको छ । लायन्स क्लब अफ काठमाडौं एभरेष्ट निम्सको सहकार्यमा अस्पतालमा शुक्रबार उक्त कार्यक्रम सञ्चालन हुनलागेको हो ।
निःशुल्क स्वास्थ्यशिविर कार्यक्रम एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन गर्नेछन् । शिविर एभरेष्ट अस्पतालमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने बताइएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. राम नारायण शाह, डा. निवेश पौडेल र डा. सरोज गौडेलले निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछन् ।
साथै, ल्याबमा पनि ३० प्रतिशत छुट दिइनेछ भने फार्मेसीमा १० प्रतिशत र अन्यमा ३० प्रतिशत छुट दिने समेत अस्पतालले जनाएको छ । त्यस्तै कोभिड पछाडि हल्का ज्वरो आएजस्तो हुने, अल्छी लाग्ने, छिटो थकानको महसुस हुनु, हल्का खोकी हुनु, हल्का टाउको दुख्नु, बढी भोक लाग्नु र भोक लाग्दै नलाग्ने, निद्रा नलाग्नेजस्ता लक्षण भएकाले पनि शिविरमा स्वास्थ्य परीक्षण गराउनसक्ने अस्पतालले जनाएको छ ।