अमेरिका । औषधिसम्बन्धी कम्पनी फाइजरको नाफा बढेको छ। कम्पनीले बिहीबार सन् २०२१ को डिसेम्बरसम्मको सार्वजनिक गरेको विवरणअनुसार नाफा बढेको देखिएको हो । एजेन्सीहरुका अनुसार कम्पनीको नाफा १.८९ प्रतिशतले बढेर एक करोड ९२ लाख ६३ हजार अमेरिकी डलर पुगेको हो । पछिल्लो वर्ष कम्पनीले एक करोड ८९ लाख अमेरिकी डलर कमाएको थियो । कम्पनीले एक नियामकीय सूचनामा यसबारे जानकारी दिएको हो ।
फाइजर अमेरिकी बहुराष्ट्रिय औषधि कम्पनी हो। यसले जर्मनीको बायोएनटेकसँग मिलेर अहिले संसारमा उथलपुथल गरिरहेको कोरोना महामारीविरुद्ध खोप बनाएको छ । कोरोनाविरुद्ध खोप विकास गरेसँगै यो कम्पनी संसारभर चर्चित भएको छ ।