काठमाडौ । शेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक ४० दसमलव ५७ अंकले ओरालो लागेर २८ सय ३६ दसमलव ५७ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ७३ अंकले ओरालो लागेर पाँच सय ३१ दसमलव ९२ बिन्दुमा झरेको छ ।
आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ७३ हजार एक सय ९२ पटकको कारोवारमा एक करोड छ लाख ५१ हजार सात सय ५४ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोवार रकम पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार पाँच सय १० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो भएको छ ।