काठमाडौं । ग्राहकवर्गहरूलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम योजनाहरू ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ग्राहकहरूको व्यस्तता र सुविधालाई ध्यानमा राखी डिजिटल सिटिजन अभियानअन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप थप सुविधासहित अपग्रेड गरी एप स्टोरमा उपलब्ध गरेको छ । आफ्ना ग्राहक र अभिकर्ताहरूलाई डिजिटल सेवा उपलब्ध गराउन एपले थप सहयोग गर्ने कम्पनीको विश्वास छ ।
सिटिजन लाइफ इन्स्योरेन्स एपमार्फत ग्राहकहरूले कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पूर्ण बीमा योजनाहरूको विस्तृत जानकारी, नेपालभरि रहेका सम्पूर्ण शाखा कार्यालयहरूको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिविधिहरूको जानकारी पनि लिन सक्नेछन् ।
इच्छुक ग्राहक यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफूले इच्छाएको बीमा योजनाको बीमा शुल्क आफ्नो अवश्यक्ताअनुसारको बीमांक रकम र बीमाको समय अवधिअनुसार आफैँ निकाल्न सक्नेछन् । सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न इच्छुक ग्राहकहरूले पनि यस एपबाट आवेदन दिन सक्नेछन् । साथै कम्पनीले ग्राहकहरूको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि यस एपमा ई–सेवा, फोन–पे, कनेक्ट आई–पीएसलगायतका डिजिटल बैंकिङ सुविधामार्फत अनलाइन भुक्तानीको व्यवस्था समेत मिलाएको छ ।
एपमा लगइन गरेर बीमितले आफ्नो बीमा योजना, कुल बीमांक रकम, आफूले अहिलेसम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सक्नेछन् । यसका साथै अभिकर्ताले पनि एपमा लगइन गरेर जीवन बीमा व्यवसाय तथा आफ्नो सम्पूर्ण कारोबारको जानकारी र ग्रहकहरूको जानकारी पनि प्राप्त गर्न सक्नेछन् ।
सिटिजन लाइफ इन्स्योरेन्सको डिजिटल सिटिजन अभियानअन्तर्गत अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षहरूदेखि हालसालै अनलाइन बीमादाबी सेवा सञ्चालनमा रहेको छ । कम्पनीले विभिन्न तालिमहरू डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ । ग्राहक तथा अभिकर्ताहरूलाई कार्यालयसम्म आउनुपर्ने अवस्थालाई सहज बनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जाने क्रममा डिजिटल सिटिजन अभियानअन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरू प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ ।