काठमाडौं, माघ २४
मेगा बैंक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ । ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगाले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’ ल्याएको हो । ग्राहकहरुलाई अत्यधिक सुविधायुक्त विशेषताहरु रहेको यो नयाँ कर्जा योजनामा पहिलो घर खरिद गर्ने ग्राहकहरुलाई मूल्यांकनको ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था गरिएको छ । यस्तै, आवास निर्माणका लागि अधिकतम एक सय प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
कर्जाको भुक्तानी अवधि ३५ वर्षसम्म रहने यस कर्जा योजनामा तीन वर्षसम्म निश्चित ब्याजदरको व्यवस्था गरिएको छ । यसका साथै, आवास कर्जा लिने घरका लागि आवश्यक घरेलु उपकरण, घरायसी सामग्री, हार्डवेयर सामग्री, फर्निचरलगायतका सामग्रीमा विशेष छुटको व्यवस्था गरिएको छ । आवास कर्जासँगै सवारी साधन कर्जा लिन चाहने ग्राहकले यस योजनाबाट विशेष लाभ लिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार, सवारी साधन कर्जाको अवधि अधिकतम १० वर्षसम्म हुने यस योजनामा उल्लेख छ । अन्य आकर्षक सुविधाहरु समेत रहेको यस कर्जा योजनामा सम्पूर्ण कागजात पेश गरेको सात दिनभित्र नै कर्जा प्रदान गरिने मेगा बैंकले जनाएको छ ।