काठमाडौं । निर्वाचन घोषणा भएपछि सेयरबजार ह्वात्तै बढ्छ भनेर आशा गरेकाहरुलाई निराश बनाएको छ । निर्वाचन घोषणा भएपछिका दुई दिन नै नेपालको सेयरबजार घटेको छ । यद्यपि निर्वाचनको बेला वैध/अवैध रकम बाहिर आउने र उद्योगी/व्यवसायीहरुले उद्योगमा लगानी गर्नेभन्दा पनि बैंकमा पैसा जम्मा गर्ने र सेयरबजारमा लगानी गर्ने भएको कारण सेयर बजार बढ्ने सम्भावना छ । यद्यपि दुई दिन भने लगातार बजार घटेको छ ।
मंगलबार घटेको सयेर बजार बुधबार पनि सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन १६ अंकले ओरालो लागेको सेयरबजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार पनि २२ दशमलव छ अंकले ओरालो लागेर २८ सय १३ दशमलव ५२ विन्दुमा झरेको छ । बुधबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५१ अंकले ओरालो लागेर पाँच सय २८ दशमलव ९९ विन्दुमा झरेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएका छन् । जसबाट ४५ हजार एक सय १२ पटकको कारोबारमा ६५ लाख २० हजार छ सय २८ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही आधारमा यस दिन कुल सेयर कारोबार रकम तीन अर्ब ४७ करोड ११ लाख नौ हजार एक सय ८२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये सबै उपसमूहरुको सूचक ओरालो लागेर सेयरबजार परिसूचक पूरै रातो देखिएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक १२ दशमलव ४२ अंकले ओरालो लागेर १७ सय ९३ दशमलव ३९ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि ४६ दशमलव सात अंकले ओरालो लागेर ४९ सय १३ दशमलव ८४ विन्दुमा झरेको छ । जलविद्युत् उपसमूहको सूचक पनि ३२ दशमलव ७२ अंकले ओरालो लागेर ३४ सय आठ दशमलव १९ विन्दुमा झरेकोमा फाइनान्स उपसमूहको सूचक पनि २४ दशमलव ८५ अंकले ओरालो लागेर २४ सय २२ दशमलव ८१ विन्दुमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि एक सय ९८ दशमलव ७५ अंकले ओरालो लागेर १३ सय २७ दशमलव एक विन्दुमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि एक सय ५४ दशमलव ३४ अंकले ओरालो लागेर १५ हजार चार सय ८६ दशमलव पाँच विन्दुमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल तथा पयर्टन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः ३६ दशमलव ४८, दुई दशमलव ४४, १५ दशमलव तीन, तीन दशमलव ६७, ५० दशमलव चार, शून्य दशमलव १२ र एक विन्दुले ओरालो लागेका छन् ।
यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य तीन दशमलव आठ प्रतिशतले बढेर चार सय एक रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोेस्रो स्थानमा परेको आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि दुई दशमलव ८० प्रतिशतले बढेर १४ सय ७० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।
गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको बुद्धभूमि नेपाल हाइड्रो लिमिटेडको सेयर मूल्य छ दशमलव ६४ प्रतिशतले घटेर छ सय ८६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल एसबीआई बैंक ऋणपत्रको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ७५ प्रतिशतले घटेर नौ सय ६२ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा सेयर किनबेच भएको छ । यीबाहेक एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, नेपाल हाइड्रो डेभलपर कम्पनी आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।
यस दिन अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । यो कम्पनीको एकै दिन प्रतिकित्ता पाँच सय ७३ रुपैयाँ अन्तिम मूल्यमा १८ करोड ६१ लाख ६९ हजार सात सय ६५ रुपैयाँ ३० पैसाको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल टेलिकमको पनि प्रतिकित्ता १५ सय ९९ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा १४ करोड ५९ लाख ५७ हजार दुई सय १७ रुपैयाँ ५० पैसाको सेयर किनबेच भएको छ । यीबाहेक नेशनल हाइड्रोपावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।