काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक ११ दसमलव ९६ अंकले ओरालो लागेर २८ सय एक दसमलव ५६ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव सात अंकले ओरालो लागेर पाँच सय २७ दसमलव २८ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ४९ हजार पाँच पटकको कारोवारमा ६९ लाख ५० हजार आठ सय ३८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट यसदिन कुल शेयर कारोवार रकम तीन अर्ब ८२ करोड ९५ लाख ३३ हजार तीन सय ५० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये १० वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् भने तीन वटा उपसमुहरुको सुचक उकालो लागेका छन् ।