काठमाडौं, माघ २४
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा पनि एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले महानगरीय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा एटीएमसेवा सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार उक्त एटीएमसेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार एक समारोहका बीच उद्घाटन गर्दै नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ सेवा दिनुपर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सम्भावित क्षेत्रमा बैंकिङ सेवा दिने बताउँदै उक्त एटीएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । बैंकको ३ न. प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहको सञ्चालन शाखा कार्यालय सूर्यविनायकका प्रबन्धक मुरारीप्रसाद दंगालले गरेका थिए ।
सो समारोहमा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछाने, प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेनाका गणपति शिवप्रसाद पौडेल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ, सशत्र प्रहरी उपरिक्षक विश्वकुमार भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुखहरु रिको स्थापित, सरोज बस्नेत, सहायक प्रबन्धक लुज श्रेष्ठलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकले हाल ७७ जिल्लामा रहेको दुुई सय ३८ वटा शाखा कार्यालय, दुुई सय पाँच वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङबाट सवा प्रदान गर्दै आइरहेको छ ।