काठमाडौं । गत साता सेयर बजार परिसूचक दुई हजार आठ सय एक दशमलव ५६ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २७ दशमलव २८ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख चार हजार सात सय ६२ पटकको कारोबारमा चार करोड ५६ लाख ८१ हजार पाँच सय ५१ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २४ अर्ब ४४ करोड ६३ लाख दुई हजार दुई सय आठ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो । अघिल्लो साता भने धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ४० हजार छ सय ७० पटकको कारोबारमा पाँच करोड दुई लाख नौ हजार चार सय १९ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २६ अर्ब ६६ करोड ५४ लाख ६८ हजार दुई सय १७ रुपैयाँ पुगेको थियो ।
गत सात नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो, चौथो र पाँचौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो । जसअनुसार पहिलो दिन बजार परिसूचक ४० दशमलव ५७ अंकले ओरालो लागेर दुई हजार आठ सय ३६ दशमलव १७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ७३ अंंकले ओरालो लागेर पाँच सय ३१ दशमलव ९२ विन्दुमा झरेको थियो ।
दोस्रो दिन भने बजार परिसूचक १५ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार आठ सय ५१ दशमलव ८६ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव पाँच अंंकले उकालो लागेर पाँच सय ३५ दशमलव ३२ विन्दुमा चढेको थियो । तेस्रो दिन भने बजार परिसूचक १६ दशमलव तीन अंकले ओरालो लागेर दुई हजार आठ सय ३५ दशमलव ५८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८२ अंंकले ओरालो लागेर पाँच सय ३२ दशमलव ४९ विन्दुमा झरेको थियो । चौथो दिन पनि बजार परिसूचक २२ दशमलव छ अंकले ओरालो लागेर दुई हजार आठ सय १३ दशमलव ५२ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५१ अंंकले ओरालो लागेर पाँच सय २८ दशमलव ९९ विन्दुमा झरेको थियो ।
पाँचौँ दिन पनि बजार परिसूचक ११ दशमलव ९६ अंकले ओरालो लागेर दुई हजार आठ सय एक दशमलव ५६ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव सात अंंकले ओरालो लागेर पाँच सय २७ दशमलव २८ विन्दुमा झरेको थियो । गत साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल, बैंक, नेपाल बंगलादेश बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने गत साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।