काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउनका लागि लुम्बिनीको खैरेनी, योगिकुटी र मणिग्राममा फाल्गुण १ गते रजितपुर, मुर्गियामा फागुन २ आफ्नो नयाँ शाखाहरू उद्घाटन गरेको छ ।
सो शाखाहरूको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षबाट संयुक्तरूपमा भएको छ । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यसै उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले लुम्बिनी प्रदेशका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेका छन् ।