काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन शुन्य दसमलव शुन्य आठ अंकले मात्र उकालो लागेको शेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार भने ५३ दसमलव तीन अंकले उकालो लागेर २७ सय ५४ दमसलव २८ बिन्दुमा पुग्न सफल भएको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव ८३ अंकले उकालो लागेर पाँच सय २२ दसमलव १३ बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ४३ हजार पाँच सय १९ पटकको कारोवारमा ६३ लाख ४३ हजार दुई सय २८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोवार रकम तीन अर्ब २३ करोड ३३ लाख १८ हजार छ सय १४ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक उकालो लागेर शेयर बजार परिसुचक पुरै हरियो भएको छ ।