काठमाडौं । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५३ अंकले उक्लिएको शेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार भने पुन १९ दसमलव ८४ अंकले ओरालो लागेर २७ सय ३४ दसमलव ४४ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ४७ अंकले ओरालो लागेर पाँच सय १८ दसमलव ६६ बिन्दुमा खुम्चिएको छ । आज कुुल १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसअन्र्तगत ३९ हजार छ सय ६८ पटकको कारोवारमा ५६ लाख ५२ हजार एक सय ८२ कित्ता शेयर किनबेच भएका छन् । सोही अनुरुप आज कुल शेयर कारोवार रकम तीन अर्ब दुई करोड ६३ लाख ३० हजार सात सय ८४ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने दुई वटा उपसमुहरुको सुचक उकालो लागेका छन् ।