काठमाडौं । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १९ दसमलव ८४ बिन्दुले ओरालो लागेको शेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि एक दसमलव ९४ बिन्दुले ओरालो लागेर पाँच सय १८ दसमलव ६४ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव शुन्य दुई अंकले ओरालो लागेर पाँच सय १८ दसमलव ६४ बिन्दुमा कायम रहेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ३४ हजार तीन सय ४६ पटकको कारोवारमा ४० लाख १७ हजार चार सय २९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोवार रकम दुई अर्ब २७ करोड ८१ लाख ७३ हजार छ सय ६० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।