काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले ४६ करोड ३० लाख ३४ हजार चार सय रुपैयाँबराबरको हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको पुँजी वृद्धिको लागि यही फागुन २२ गतेबाट हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँमध्येबाट १० बराबर चारको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४६ लाख ३० हजार तीन सय ४४ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीकार्य यही चैत १३ गते बन्द हुनेछ । अधिकृत पुँजी दुई अर्ब तथा जारी पुँजी एक अर्ब ६२ करोड छ लाख २४ हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब ६२ करोड छ लाख २९ हजार रुपैयाँ पुग्नेछ ।