काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार सात सय ३२ दशमलव ५१ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १८ दशमलव ६४ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ४९ हजार दुई सय ५२ पटकको कारोबारमा तीन करोड ५२ लाख २४ हजार दुई सय ५७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १८ अर्ब १९ करोड ९० लाख ४७ हजार सात सय चार रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै छ अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख चार हजार सात सय ६२ पटकको कारोबारमा चार करोड ५६ लाख ८१ हजार पाँच सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २४ अर्ब ४४ करोड ६३ लाख दुई हजार दुई सय आठ रुपैयाँ पुगेको थियो । यस सात नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये दोस्रो र तेस्रो दिन सेयरबजार परिसूचक उकालो लागेको थियो भने पहिलो, चौथो र पाँचौँ दिन सेयरबजार परिसूचक ओरालो लागेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक एक सय दशमलव ६७ अंकले ओरालो लागेर दुई हजार सात सय दशमलव ८९ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६२ अंंकले ओरालो लागेर पाँच सय ११ दशमलव ६६ विन्दुमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक शून्य दशमलव शून्य आठ अंकले उकालो लागेर दुई हजार सात दशमलव ९८ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३६ अंंकले ओरालो लागेर पाँच सय ११ दशमलव ३० विन्दुमा झरेको थियो । तेस्रो दिन पनि बजार परिसूचक ५३ दशमलव तीन अंकले उकालो लागेर दुई हजार सात सय ५४ दशमलव २८ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ८३ अंंकले उकालो लागेर पाँच सय २२ दशमलव १३ विन्दुमा चढेको थियो ।
चौथो दिन पनि बजार परिसूचक १९ दशमलव ८४ अंकले ओरालो लागेर दुुई हजार सात सय ३४ दशमलव ४४ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५७ अंंकले ओरालो लागेर पाँच सय १८ दशमलव ६६ विन्दुमा झरेको थियो । पाँचौ दिन पनि बजार परिसूचक एक दशमलव ९४ अंकले ओरालो लागेर दुई हजार सात सय ३२ दशमलव ५१ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य दुई अंंकले ओरालो लागेर पाँच सय १८ दशमलव ६४ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नबिल, बैंक, नेपाल बंगलादेश बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।