काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक ३९ दसमलव चार अंकले ओरालो लागेर २६ सय ९३ दसमलव १० बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ९९ अंकले ओरालो लागेर पाँच सय १३ दसमलव ६४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३० वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ५७ हजार चार पटकको कारोवारमा ७१ लाख २२ हजार दुई सय ९९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोवार रकम चार अर्ब आठ करोड ६४ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये अन्य उपसमुहको सुचक उकालो लागेर बाँकी १२ वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।