काठमाडौं, माघ २६
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले थप चारवटा शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले माघ २२ गते बर्दियाको मधुवन, कैलालीको भजनी र चौमाला, माघ २३ गते कञ्चनपुरको महाकाली गरी थप चारवटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । संस्थाले हाल २६ जिल्लामा ४९ वटा शाखा कार्यालयमार्फत ३१ हजारभन्दा बढी सदस्यहरूलाई एक अर्ब ८४ करोडभन्दा बढी लघुकर्जा प्रवाह गरेको र ६१ करोडभन्दा बढी निक्षेप जम्मा गरी सामाजिक सुरक्षण र विप्रेषणलगायतका लघुवित्त वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ । संस्थाले विपन्न वर्गको उत्थानको लागि शाखा कार्यालयमार्फत ग्राहकमैत्री प्रविधिसहितको नवप्रवर्तनकारी सेवा तथा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको बताएको छ ।