काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा चार करोड ५२ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले तीन करोड ७२ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी ३९ करोड २८ लाख आठ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब २७ करोड ९२ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७३ करोड ४२ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ५१ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड चार लाख ४८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब तीन करोड ९१ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९८ करोड ९६ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड १० लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ७५ लाख ५२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात सात दशमलव ५० प्रतिशत रहेको थियो ।