काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही फागुन सात गते शनिबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको हाल कायम रहेको चुक्ता पुँजी ६० करोड ६८ लाख रुपैयाँमध्येबाट ७० प्रतिशत अर्थात् ४२ करोड ५८ लाख ८० हजार रुपैयाँबराबरको बोनस सेयर र तीन दशमलव ६८ प्रतिशत अर्थात् दुई करोड २४ लाख १४ हजार सात सय ३६ रुपैयाँ ८४ पैसाबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।