काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ३९ अंकले ओरालो लागेको शेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार भने २५ दसमलव ४१ अंकले उकालो लागेर २७ सय १८ दसमलव ५१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव १५ अंकले उकालो लागेर पाँच सय १८ दसमलव ७९ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ४० हजार आठ सय ६९ पटकको कारोवारमा ४९ लाख ९२ हजार आठ सय ७९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही अनुरुप आज कुल कारोवार रकम दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार परिसुचक पुरै हरियो भएको छ ।