काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको लाभांश स्वीकृति भएको छ । यसअघि फाइनान्स सञ्चालक समितिले हाल कायम रहेको चुक्ता पुँजी ८० करोड एक लाख रुपैयाँमध्येबाट छ प्रतिशत अर्थात चार करोड ८० लाख छ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शूून्य दशमलव ३१ प्रतिशत अर्थात् २५ लाख २६ हजार छ सय ३२ रुपैयाँ समेत गरी कुल छ दशमलव ३१ प्रतिशत अर्थात् पाँच करोड पाँच लाख ३२ हजार छ सय ३२ रुपैयाँ लाभांश वितरणको प्रस्ताव गर्दै स्वीकृतिको लागि राष्ट्र बैंकमा पेस गरेको थियो ।
फाइनान्सका अनुसार यही आठ गतेको राष्ट्र बैंकको पत्रअनुसार फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांशको प्रस्ताव स्वीकृत भएको हो । राष्ट्र बैंकबाट स्वीकृत उक्त लाभांश फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।