काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा बढेको छ । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १९ करोड २६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले १७ करोड ८४ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब ९२ करोड ५२ लाख २७ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी १३ अर्ब ९५ करोड एक लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६३ करोड २१ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १० करोड ४४ लाख ४० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ७५ करोड ४६ लाख १७ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी ११ अर्ब १८ करोड ९७ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५५ करोड ८३ लाख तीन हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ७८ लाख ६४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २० प्रतिशत रहेको थियो ।