काठमाडौं, माघ २६
यस साता सेयर बजार परिसूचक १३ सय ३३ दशमलव ६९ अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८४ दशमलव पाँच अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७७ कम्पनीहरुको कारोवार भएका छन् । जसअनुसार ८१ हजार चार सय पाँच वटा कारोवारमा दुई करोड ११ लाख छ हजार तीन सय ३५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब ३९ करोड १७ लाख दुई हजार पाँच सय १० रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा एक सय ७८ कम्पनीहरुको कारोवार भएका थिए । जसअनुसार ७२ हजार एक सय ८८ वटा कारोवारमा एक करोड ६२ लाख ८९ हजार दुई सय ४९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम छ अर्ब ५४ करोड २७ लाख ७७ हजार चार सय ४६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोवार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो र चौथो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने तेस्रो र पाँचौं बजार परिसूचक ओरालो लागेको थियो ।
यस साता पहिलो दिन बजार परिसूचक २१ दशमलव २६ अंकले उकालो लागेर १३ सय ४६ दशमलव ६४ अंकमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९९ अंकले उकालो लागेर दुई सय ८६ दशमलव ७५ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक दुई दशमलव ४९ अंकले उकालो लागेर १३ सय ४९ दशमलव १३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १६ अंकले उकालो लागेर दुई सय ८७ दशमलव ९१ अंकमा चढेको थियो ।
तेस्रो दिन पनि बजार परिसूचक ओरालो लागेको थियो । उक्त दिन बजार परिसूचक १२ दशमलव नौ अंकले ओरालो लागेर १३ सय ३७ दशमलव चार अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९२ अंकले ओरालो लागेर दुई सय ८४ दशमलव ९९ अंकमा झरेको थियो । चौंथो दिन भने बजार परिसूचक पाँच दशमलव ३१ अंकले उकालो लागेर १३ सय ४२ दशमलव ३६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९३ अंकले उकालो लागेर दुई सय ८५ दशमलव ९२ अंकमा चढेको थियो ।
अन्तिम कारोवार दिन पनि बजार परिसूचक आठ दशमलव ६७ अंकले ओरालो लागेर १३ सय ३३ दशमलव ६९ अंकमा झरेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८७ अंकले ओरालो लागेर दुई सय ८४ दशमलव पाँच अंकमा झरेको थियो ।
यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, शुर्या लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । यसैगरी सेयर कारोवार भएको संख्यामा आधारमा सिभिल बैंक, नेशनल हाईड्रो पावर कम्पनी, प्रभु बैंक, ग्लोवल आईएमई बैंक आदि परेका छन् । बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सुचीकरण तर्फ भने यस साता सनराईज बैंकको १० दशमलव २५ सनराईज बैंक डिवेञ्चर २०८३ सुचीकृत भएका छन् ।यस साता सेयर सुचीकरणतर्फ प्रभु बैंक, गरिमा विकास बैंक, सानिमा बैंक र आशा लघुबित्त बित्तीय संस्थाको बोनस सेयर सुचीकृत भएका छन् ।