काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको बिक्री खुला भएको छ । संस्थाले फागुन ११ गते बुधबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आठ लाख २८ हजार सात सय ५० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
संस्थाको सेयर निष्काशन एवं बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । सेयर बिक्रीकार्य छिटोमा यही फागुन १५ गते र ढिलोमा यही फागुन २५ गते बन्द हुनेछ । बिक्रीको लागि छुट्याएको कुल सेयरमध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार सात सय ५० कित्ता संस्थामा कार्यरत कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् ४१ हजार चार सय ३७ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी सात लाख ७४ हजार पाँच सय ६३ कित्ता सेयर सर्वसाधारणको रहेको छ ।
खरिदको लािग न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म तोकिएको छ । हाल जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ नै पुग्नेछ ।