काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरू माझ विभिन्न प्रकारका सेवा सुविधाहरू प्रदान गर्दै आएको छ । यसै क्रममा काठमाडौँमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रालिसँग ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा बैंकले द्विपक्षीय सम्झौता गरेको छ ।
सम्झौतामार्फत बैंकका ग्राहकहरूले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टन्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा फुड एन्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै सोल्टी इन्टरप्राइजेजअन्तर्गत सञ्चालनमा रहेका अन्य होटलहरूमा समेत यो छुट प्राप्त हुनेछ । यस सम्झौताअन्तर्गत बैंक र इन्टरप्राइजेजबीच प्रवद्र्धनात्मक कार्यक्रमहरू समेत सञ्चालन गर्ने सहमति भएको छ ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसीले सातवटै प्रदेश गरी एक सय ३७ वटा शाखा, १३ एक्स्टेन्सन काउन्टर र एक सय १४ वटा एटीएममार्फत ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको छ ।