काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार छ सय ६१ दशमलव ४४ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय सात दशमलव ५८ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ५९ हजार नौ सय ९० पटकको कारोबारमा तीन करोड २९ लाख ३५ हजार दुई सय ४३ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १७ अर्ब ७२ करोड २१ लाख १८ हजार एक सय ९६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ४९ हजार दुई सय ५२ पटकको कारोबारमा तीन करोड ५२ लाख २४ हजार दुई सय ५७ कित्ता सेयरखरिद बिक्री हुुँदा कुल कारोबार रकम १८ अर्ब १९ करोड ९० लाख ४७ हजार सात सय चार रुपैयाँ पुगेको थियो । यस सात नेप्सेको नियमित कारोबार कक्ष पाँँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, चौथो र पाँचौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो र तेस्रो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो । जसअनुसार पहिलो दिन बजार परिसूचक ३९ दशमलव चार अंकले ओरालो लागेर दुुई हजार छ सय ९३ दशमलव १० विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९९ अंंकले ओरालो लागेर पाँच सय १३ दशमलव ६४ विन्दुमा झरेको थियो ।
दोस्रो दिन भने बजार परिसूचक २५ दशमलव ४१ अंकले उकालो लागेर दुई हजार सात दशमलव १८ दशमलव ५१ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १५ अंंकले उकालो लागेर पाँच सय १८ दशमलव ७९ विन्दुमा चढेको थियो । तेस्र्रो दिन पनि बजार परिसूचक १७ दशमलव ४२ अंकले उकालो लागेर दुई हजार सात सय ३५ दशमलव ९३ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३६ अंंकले उकालो लागेर पाँच सय २३ दशमलव १५ विन्दुमा चढेको थियो ।
चौथो दिन भने बजार परिसूचक १५ दशमलव पाँच अंकले ओरालो लागेर दुई हजार सात सय २० दशमलव ४३ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंंकले ओरालो लागेर पाँच सय १७ दशमलव ९३ विन्दुमा झरेको थियो । पाँचौ दिन पनि बजार परिसूचक ५८ दशमलव ९९ अंकले ओरालो लागेर दुई हजार छ सय ६१ दशमलव ४४ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ३६ अंंकले ओरालो लागेर पाँच सय सात दशमलव ५८ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।