काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक सात दशमलव ७३ अंकले ओरालो लागेर २६ सय ५३ दशमलव ७० बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७३ अंकले ओरालो लागेर पाँच सय छ दशमलव ८४ बिन्दुमा झरेको छ । आज कुल १३ वटा उपसमुह अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको शेयर कारोवार भएकाछन । जसबाट ४९ हजार छ सय ७० पटकको कारोबारमा ७० लाख ४० हजार पाँच सय ६३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोवार रकम तीन अर्ब २७ करोड ३० लाख ६५ हजार नौ सय १० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका उपसुमहरु मध्ये जलबिद्युत र अन्य उपसमुहहरुको सुचक बढेर बाँकी उपसमुहहरुको सुचक घटेका छन् ।