काठमाडौं । खल्तीमार्फत नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । उक्त सुविधामा १० प्रतिशत क्यास ब्याकको अफर समेत सार्वजनिक गरिएको खल्तीले जानकारी दिएको छ । कम्पनीका अनुसार समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्न पर्ने स्थितिको विचार पु-याउँदै ल्याइएको उक्त सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने विश्वास गरिएको छ । प्रयोगकर्ताले १० प्रतिशत क्यास ब्याक (एक सय रुपैयाँसम्म) पाउनका लागि प्रोमो कोड प्रयोग गरी प्राप्त गर्न सक्ने खल्तीको भनाइ छ ।
नेसनल लाइफको नवीकरण बीमा शुल्क ‘खल्ती’बाट तिर्न ‘खल्ती’ एप लग–इन गरी ‘इन्स्योरेन्स’ आइकनमा ट्याप गर्ने, ‘नेसनल लाइफ इन्स्योरेन्स’ सेलेक्ट गर्ने, डीओबी र पोलीसी नम्बर भर्ने र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुपर्नेछ । त्यसपछि सम्पूर्ण विवरण दाखिला गरी ‘प्रोसिड टु पे’ मा क्लिक गर्नुपर्नेछ । कम्पनीका अनुसार पाँच हजार रुपैयाँमाथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रूपमा भेरिफाइ गराएको हुनुपर्नेछ ।