काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप यूट्युब अफरअन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।
नयाँ अल टाइम डेटा प्याकमा सात दिनको समयसीमा रहेको पाँँच जीबी अल टाइम डेटा ग्राहकले करसहित मात्र एक सय २५ रुपैयाँमा सुचारु गर्न सक्छन् । त्यस्तै ननस्टप युट्युब प्याकअन्तर्गत ग्राहकले करसहित मात्र एक सय ४७ रुपैयाँमा सात दिनको समयसीमा रहेको चार जीबी अलटाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै पाँच सय एमबी डेटा र युट्युबमा ननस्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस युट्युब प्याकमा यही मूल्यमा दुई जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर चार जीबी भएको छ । कम्पनीका अनुसार यी प्याकहरु मंगलबारबाट सञ्चालनमा ल्याइएका हुन् ।
ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरी नयाँ पाँच जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले ननस्टप युट्युबसँग बन्डल गरिएको चार जीबी अल टाइम डेटा र पाँच सय एमबी भाइबर म्यासेजिङ डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्छन् । ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुचारु भएको दिनबाट सात दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ ।
डेटा प्याकअन्तर्गत नयाँ अल टाइम डेटा प्याक र ननस्टप युट्युब प्याकमा पुरानै मूल्यमा दोब्बर अल टाइम डेटासहित भाइबर म्यासेजिङका लागि छुट्टै डेटाले ग्राहकलाई थप मूल्य प्रदान गर्दै कुनै पनि समय सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।