काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले छ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १८ करोड ३६ लाख चार हजार चार सय रुपैयाँबाट छ प्रतिशतका दरले हुन आउने सात करोड १० लाख १६ हजार दुई सय ६४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी कर प्रयोजनको लागि हाल कायम रहेको चुक्ता पुँजीको शून्य दशमलव ३१ प्रतिशतले हुन आउने ३७ लाख ३७ हजार छ सय ९८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा पनि कम्पनीले गरेको छ ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही फागुन १० गते बसेको एक सय २१औँ बैठकले गरेको घोषणा नियमनकारी निकाय बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।