काठमाडौं । पेय पदार्थ माउण्टेन ड्युले आफ्नो ब्राण्ड सद्भावनादूत अनुप विक्रम शाहीको साथमा तयार पारिएको नयाँ जोसिलो विज्ञापन सार्वजनिक गरेको छ । रोमाञ्चकतालाई थप उचाईमा पु-याउँदै ‘डरको अगाडि जित छ’ नामक प्रचार अभियानको छायाँकन दुबईस्थित विश्वकै सबैभन्दा अग्लो एमारको बुर्ज खलिफामा गरिएको हो ।
कम्पनीका अनुसार यो विज्ञापनमा या त डरदेखि डराएर भाग्ने या डरको सामना गरेर अगाडि बढ्ने भन्ने दुई विकल्पलाई देखाएर माउण्टेन ड्युको विश्वासको पुनरावृत्ति गरिएको छ, यो नै त्यो छनौट हो, जसले अरुलाई छाडेर वास्तविक हिरोको पहिचान गराउनेछ । डरको अगाडि जित छ भन्ने शक्तिशाली जीवन दर्शनमा आधारित भएर विज्ञापनको सुरु बुर्ज खलिफाको माथिल्लो भागबाट एकदम सूक्ष्म दृष्टिबाट हुन्छ, जहाँ अनुपले विश्व रेकर्ड कायम गर्न भारी दर्शकहरुका सामुन्ने डरलाग्दो स्टन्ट दिँदै गरेका हुन्छन् । फिल्मले अनुप विक्रम शाहीमा देखा परेको द्विविधा र दृढ संकल्प दुवैलाई कैद गर्दछ । आफ्नो अगाडि आएको विकल्पलाई मूल्यांकन गरेर अनुपले माउन्टेन ड्युको एक चुस्की लिन्छन् अनि उनको मुहारमा दृढता झल्किन्छ र सबै बाधाहरुलाई पन्छाउँदै बाइकमा बुर्ज खलिफाको टुप्पाबाट डुबुल्की लगाउँछन् ।
असाधारण परिणाम प्राप्त गर्न आफैँले आफैँलाई जोखिम मोल्न लगाउनेहरुको आँट र जोसमा सदा साथ दिने माउन्टेन ड्यु नेपालका युवाहरुलाई आफूभित्रको सीमा तोड्न अनि डर तथा आत्मशंकाबाट बाहिर निस्कन यो वर्ष डरको अगाडि जित छ नामक प्रचार अभियानमार्फत प्रेरित गर्न तम्तयार भएको कम्पनीको भनाइ छ । नयाँ विज्ञापनबारे पेप्सीको नेपालका सिनियर मार्केटिङ डाइरेक्टर नसीब पुरीले डरको अगाडि जित छ भन्ने आदर्श वाक्यसँगै माउन्टेन ड्युले सधैँ नेपालमा जोखिम मोल्ने र सफलता प्राप्तिका लागि डर तथा आत्म–शंकालाई पर धकेल्नेहरुलाई सलाम गर्ने बताए ।
माउण्टेन ड्युको यो नयाँ विज्ञापन सबै टिभी च्यानलहरु, डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरुमा समेत गरी व्यापक एवं बृहत् रुपमा प्रदर्शन गरिने कम्पनीले जनाएको छ । माउण्टेन ड्यु सबै परम्परागत पसलहरुका साथै आधुनिक स्टोरहरु र इ–कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध हुनेछ ।