न्युयोर्क । विलासी गाडी बिक्रीमा बीएमडब्लुले छलाङ मारेको छ । कम्पनीले सन् २०२१ मा प्रतिस्पर्धी कम्पनीहरु मर्सिडिज बेन्ज र लेक्ससजस्ता कम्पनीलाई उछिन्दै सबैभन्दा धेरै बिक्री गर्न सफल भएको हो ।
अमेरिकामा लगातार बिक्रीमा कम्पनी पहिलो भएको यो तेस्रो वर्ष हो । चिप संकटको सामना गर्दा पनि कम्पनीले बिक्रीमा छलाङ मार्न सफल भएको हो । एक्स५ एसयूभी र थ्रिसिरिज सेडानको निर्माताले डायम्लर एजीको मर्सिडिजिलाई चौथो त्रैमासिकमा ३२ हजार ७०५ युनिटले र वर्षभरिमा ६० हजारभन्दा धेरैले पछि पारेको हो । यो भनेको निकै ठूलो बिक्री अन्तर हो । सन् २०२०को कोभिड कडाइका बेला दुवै कम्पनीबीच ठूलो अन्तरमा थिएनन् ।
पछिल्लो वर्ष बीएमडब्लुको डेलिभरी २१ प्रतिशतले बढेर ३ लाख ३६ हजार ६ सय ४४ पुगेको थियो । जतिखेर मर्सिडिजको बिक्री भने एक प्रतिशतले मात्रै बढेको थियो । बीएमडब्लुको एक्स३ क्रसओभर र एक्स५ मोडल सर्वाधिक बिक्री भएका थिए । उक्त वर्ष सेडानको बिक्री पनि १८ प्रतिशतले बढेको थियो । कम्पनीको बिक्री र ब्रान्डिङ हेर्ने बोर्डका एक सदस्य पिटर नोटाले यो वर्ष कम्पनीले ल्याउने आईएक्स सेडानले टेस्ला इन्कसँग प्रतिस्पर्धा गर्ने आशा गरेका छन् ।
उनका अनुसार पछिल्लो समय विद्युतीय गाडीको माग बढ्दो छ । बीएमडब्लुले एक लाख ब्याट्री पावर्ड सवारीसाधनहरु सन् २०२१ मा बिक्री भएकोमा यो वर्ष दोब्बर हुने आशा गरेको छ । सन् २०२१ को बिक्रीमा पाएको सफलता खास गरी महामारीमा कम्पनीले सेमिकन्डक्टर अर्डरलाई मेनटेनमा आधारित भएको बताए । गत वर्ष अमेरिकी बिक्रीमा टोयोटा मोटर कर्पले जनरल मोटर्सलाई पछि पारेको थियो । यद्यपि चिप संकटले विलासी गाडी बिक्रीमा असर भने गर्ने नोटाले बताए ।
टोयोटाको स्वामित्व रहेको लेक्ससको बिक्री पछिल्लो वर्ष ११ प्रतिशतले बढेको थियो । कम्पनीका आरएक्स एसयूभी र ईएस सेडान ग्राहकले रुचाएका थिए । यता जीएलई एसयूभीको बिक्रीले मर्सिडिजको बिक्री ३५ प्रतिशतले बढाएको थियो भने मर्सिडिजको दोस्रो ठूलो बिक्रेता जीएलसी मध्यम आकारको क्रसओभर भने थोरैले कम बिक्री भएको थियो ।
त्यस्तै फक्सवागन एजीको औडी युनिट ५ प्रतिशतले बिक्री बढेर एक लाख ९६ हजार ३८ वटा पुगेको थियो । क्यु३ क्रसओभर र क्यु५ एसयूभीको धेरै बिक्री भएको थियो । यता पोर्कीको बिक्री पनि २२ प्रतिशतले बढेको थियो ।