काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा रमाकान्तमणि नेपाल नियुक्त भएका छन् । संस्थाको कानुन तथा अनुपाालना विभागमा कार्यरत वरिष्ठ अधिकृत नेपाललाई संस्थाको यही फागुन २३ गते सोमबार बसेको सञ्चालक समितिको एक सय ४४औँ बैठकले कम्पनी सचिवमा नियुक्त गरेको हो । संस्थाका अनुसार यसअघि भने संस्थाको कम्पनी सचिवमा प्रल्हाद चन्द्र निरौला रहेका थिए ।